आर्थिक

नेपाली र कोरियन प्यानलबीच समझदारीपत्रमा हस्ताक्षर 

By खबरहब

September 19, 2022

भक्तपुर- नेपाल इको प्यानल र कोरियन कम्पनी एसवाई प्यानल लिमिटेडबीच सोमबार एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल र एसवाई प्यानलका जनरल म्यानेजर विमलराज गोसाईले हस्ताक्षर गरेका हुन् ।

एसवाई प्यानलद्धारा उत्पादित छाना र नेपाल इको प्यानलद्धारा उत्पादित प्यानल एकअर्कामा बजार प्रबद्र्धन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस्तै दुई वटा कम्पनी बीच आफूसँंग भएको प्रविधि आदानप्रदान गर्ने पनि सम्झौता पनि भएको छ । सम्झौतमा एसवाई प्यानलले उत्पादन गर्दै आएको युपीभसीको झयालढोका उत्पादन गर्दाको प्रविधि पनि एक आपसमा आदानप्रदान गर्ने सम्झौता भएको छ ।

एसवाई प्यानलले युपीभीसीका झयालढोकाको साथसाथै छानामा प्रयोग हुने स्याण्डविच  प्यानलहरु उत्पादन गर्दै आएको छ भने नेपाल इको प्यानलले स्थायी तथा अस्थायी संरचनामा भित्री वा बाहिरी पार्टेशनको  वालको रूपमा प्रयोग  हुने वातावरण मैत्री निर्माण सामाग्री उत्पादन गर्दै आएको छ ।