तस्वीर- नेशनल इन्ट्रेस्ट

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा जारी मानवीय संकटप्रति अन्तर्राष्ट्रिय संस्थाहरु चिन्तित

By खबरहब

September 19, 2022

काठमाडौँ- अफगानिस्तानमा जारी मानवीय संकटप्रति अन्तर्राष्ट्रिय संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् ।

अफगानिस्तानमा मानवीय अवस्था अझ खराब हुँदै गएको भन्दै संयुक्त राष्ट्रसंघीय मानवीय समन्वय कार्यालय एसीएचए र विश्व खाद्य कार्यक्रम डब्लूएफपीले चिन्ता व्यक्त गरेको अफगानिस्तानमा प्रसारण हुने टोलो न्युजको अनलाइन संस्करणले जनाएको छ ।

ओसीएचएले ट्विट गर्दै अफगानिस्तानमा २ करोड ५० लाख मानिसहरु गरीबीको चपेटामा रहेको उल्लेख गरेको छ ।

यसबाहेक १ करोड ९० लाख मानिसहरु खाद्य असुरक्षाको जोखिममा रहेको, २ करोड ५० लाख मानिसहरु गरीबीमा बाच्न बाध्य भएको, ५८ लाख अफगानहरु आन्तरिक रुपमै विस्थापित भएको ओसीएचएले जनाएको छ ।

यस्तै विश्व खाद्य कार्यक्रमले पन अफगानिस्तानमा विकसित घटनाक्रमबारे चिन्ता व्यक्त गरेको टोलो न्यूजले जनाएको छ ।

डब्लूएफपीले ट्विट गर्दै भनेको छ– ‘आर्थिक संकटले अफगानिस्तानभर रोजगारी, तलब र जनजीविका बर्बाद बनाएको छ, समुदाय र परिवारलाई सहयोग गर्नु सबैभन्दा महत्वपूर्ण छ ।’