फाइल फोटो

राजनीति

नेकपा महासचिवमा फेरि विप्लव चयन

By खबरहब

October 19, 2022

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’चयन भएका छन् ।

कपिलवस्तुमा भएको नवौँ महाधिवेशनले उनलाई सर्वसम्मत महासचिवमा चयन गरेको हो । विप्लव यसअघि पनि महासचिव थिए ।

नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको छ ।

महाधिवेशनपछि बस्ने केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागहरू गठन गर्नेछ। कपिलवस्तुको शिवनगरमा ८ दिनसम्म चलेको महाधिवेशन आज सकिँदैछ।