सांकेतिक तस्बिर

देश/प्रदेश

रौतहटमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

By खबरहब

October 19, 2022

रौतहट – रौतहटको फतुवा बिजयपुर नगरपालिका–११ हिमालि बासमा सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ७३ वर्षीया गौरी मैनाली रहेकी छन्।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिरगञ्ज स्थित नेशनल मेडिकलमा साँझ ६ बजे मृत्यु भएको हो।

मेरिगोल्ड बोर्डिङ स्कुलको ना ३ ख २४४९ नम्बरको बसले पैदल हिडिरहेकी उनलाई हिजो अपरान्ह साढे ४ बजे ठक्कर दिएको थियो।

बससहित चलकलाई प्रहरी चौकी दुधिअवा रौतहटले नियन्त्रणमा लिएको छ।