फाइल फोटो

राजनीति

अध्यक्ष ओलीसँग संवाद गर्न एक लाख १३ हजारले टिपाए नाम

By खबरहब

October 19, 2022

 

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्दैछन् । जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ ।

ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे ३ बजेसम्म एक लाख १३ हजार चार सय ७७ जनाले नाम र नम्बर टिपाएका छन् । उनले यो उत्साहपूर्ण सहभागिताले आफूलाई खुसी लागेको बताएका छन् । 

बुधबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले झन्डै सवा लाख मानिसले आफूसँग संवाद गर्न चाहेको र धेरै नाम आएकाले बिहीबार १२ बजेसम्म नाम टिपाउन सकिने जानकारी दिएका छन् । संवादमा ओलीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे पार्टीका धारणा र एजेन्डा प्रस्तुत गर्ने भएका छन् ।

उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिवेटमा सहभागी हुन आह्वान गरेका छन् । तर देउवाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।