तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

सोमाली बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने युनिसेफको चेतावनी

By खबरहब

October 19, 2022

काठमाडौँ- संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कुपोषणले झनै भयावह रुप पनि लिन सक्ने चेतावनी दिएको छ ।

सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको शिकार रहेको र आगामी वर्षदेखि यो समस्याले थप विस्तारित रुप लिएको बताइएको छ ।

युनिसेफले पछिल्ला वर्षहरुमा सोमालियमा कुपोषणबाट मृत्यु हुने बालबालिकाको समस्या बढेकाले आगामी दिनमा यस विषयमा सोच्नुपर्नेमा जोड दिएको छ ।

त्यहाँका बालबालिकामा पछिल्लो समयमा कुपोषणको समस्या देखिन थालेको र यसबाट मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको पाइएको पनि युनिसेफले जनाएको छ ।

सो संस्थाका अनुसार गएको मे महिनादेखि आजसम्म कम्तीमा पनि ४४ हजार बालबालिका विरामी भएर अस्पताल भर्ना भएका र तीमध्ये अधिकांश नै कुपोषणको शिकार हुन पुगेका पनि बताइएको छ ।