राजनीति

राष्ट्रपति भण्डारीसँग राजदूत यान्छीको बिदाइ भेट 

By खबरहब

October 19, 2022

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् । 

राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । 

उनका अनुसार भेटमा उनीहरूबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।