सांकेतिक तस्बिर

देश/प्रदेश

जुकाको औषधी सर्कँदा ३ वर्षीया बालकको मृत्यु

By खबरहब

October 19, 2022

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ गोल्चे निम्लुङमा जुकाको औषधी सर्कँदा तीन वर्षका एक बालकको ज्यान गएको छ । सुप्पा लामाको छोरा तीन वर्षका सम्शेर लामाको औषधी सर्कँदा ज्यान गएको स्थानीय विष्णुलाल दोङले बताए ।

स्थानीय स्वयंसेविका सँगलमु लामा र सँगलमु स्याङ्बोले स्वास्थ्य चौकी बैकुण्ठेबाट भिटामिन र जुकाको औषधी ल्याई बच्चालाई खुवाउने क्रममा सर्किएको हो । बालकलाई औषधी सर्कन गई फिज काट्न थालेपछि उपचारको लागि एम्बुलेन्समा राखी प्राथमिक स्वास्थ्य केन्द्र साङ्बोटेतर्फ लगिएको थियो ।

बिहान ११:५६ को समयमा स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जीव खड्काले बालकको मृत्यु भई सकेको बताएका थिए । मृतक बालकको शव पोस्टमार्टमको लागि चौतारा अस्पतालमा राखिएको छ ।