खेलकुद

नवौँ राष्ट्रिय खेलकुदमा कराँतेका सबै इभेन्ट सम्पन्न

By खबरहब

October 19, 2022

काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पर्वतमा सञ्चालित कराँते इभेन्टका सबै खेल आज सकिएका छन् । कराँतेका विधाअन्तर्गत पुरुष टिम कुमुटेमा सशस्त्र प्रहरी बलका वीरबहादुर तामाङ, सुवास घताने, महमद शेख आलम, विजय श्रेष्ठ, चन्द्र सुनार, सुशील पौडेल र सन्तोष राइले स्वर्णपदक हात पार्न सफल भएका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशका राजनकुमार पाइजा, प्रतीक घर्तीमगर, सक्षम लामा, विशाल थापा मगर, अङ्कित गुरुङ शेरचन, प्रज्वल गुरुङ र सुमन बानियाँले रजतपदक हात पारेका छन् ।

यस्तै, आजै सम्पन्न भएको महिला टिम कुमुटेमा बागमती प्रदेशका रोजिता ढुङ्गेल, रमिता माझी, कोपिला लिम्बू र सोनु श्रेष्ठले टिमलाई स्वर्णपदक जिताउन सफल भए । नेपाल प्रहरीका सोनी राई, सविना श्रेष्ठ, एरिका गुरुङ र सुनिता महर्जनले रजतपदक हासिल गरे ।

उन्नाइस इभेन्टमा नौ स्वर्णपदकसहित नेपाल प्रहरी टिम च्याम्पियनसहित पदक हात पार्दै प्रगियोगितामा उत्कृष्ट सावित भएको छ । खेल सकिएसँगै खेलाडी घर फर्किनेक्रम सुरु भएको खेल संयोजक राम श्रेष्ठले जानकारी दिए ।