सुरक्षा

प्रधान सेनापतिद्वारा बेलायतमा भएको कार्यक्रममा रजत पदक जित्ने सैनिक विभूषित

By खबरहब

October 19, 2022

काठमाडौँ- बेलायतको वेल्समा सञ्चालन भएको ‘एक्सर्साइज क्याम्ब्रियन प्याट्रोल २०२२’ मा रजत पदक प्राप्त गर्ने नेपाली सेनाको टोलीलाई प्रधानसेनापति प्रभुराम शर्माले विभूषित गरेका छन् ।

‘एक्सर्साइज क्याम्ब्रियन प्याट्रोल २०२२’ मा रजत पदक प्राप्त गर्न सफल नेपाली सेनाका सहभागी टोलीलाई प्रधान सेनापति शर्माले ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन् ।