फाइल तस्वीर

राजनीति

मनाङ- १ मा २८ मतदान केन्द्र कायम

By खबरहब

November 19, 2022

काठमाडौं– आइतबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङ क्षेत्र नम्बर १ मा कूल ६ हजार ७७९ मतदाताका लागि २८ वटा मतदान स्थल र मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । यस क्षेत्रमा ३ हजार २८१ पुरुष मतदाता छन् भने ३ हजार ४९८ जना महिला मतदाता छन् ।

यस क्षेत्रमा तीन वटा राजनीतिक दलबाट ३ जना मात्र उम्मेदवार रहेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका तीनै जना पुरुष हुन् । पुरुष मतदाताभन्दा बढी सङ्ख्यामा भए पनि यस क्षेत्रमा महिलाको उम्मेदवारी शून्य छ ।