फाइल तस्वीर

राजनीति

गोरखा-२ : १ लाख ५ हजार २४० मतदाता, १४६ मतदान केन्द्र कायम

By खबरहब

November 19, 2022

काठमाडौं– गोरखा क्षेत्र नम्बर १४६ मतदान केन्द्र रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।  ९३ वटा मतदान स्थल रहेको सो क्षेत्रमा कूल १ लाख ५ हजार २४० मतदाता छन् । 

जसमध्ये ५२ हजार ९९ पुरुष र  ५२ हजार ८४१ जना महिला मतदाता रहेका छन् । यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट १० जना र २ जना स्वतन्त्र उम्मेदवार छन् । 

महिला र दलित समुदायका उम्मेदवारको संख्या शून्य रहेको आयोगको तथ्यांकमा उल्लेख छ । यस क्षेत्रमा ६६.६७ प्रतिशत खस आर्य समुदायका उम्मेदवार छन् भने ८.३३ प्रतिशत मुस्लिम र २५ प्रतिशत आदिवासी जनजाति उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ हट सिट मानिएको गोरखा २ लाई चासोका साथ हेरिएको छ ।