फाइल तस्वीर

राजनीति

स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चुन्ने

By खबरहब

December 19, 2022

काठमाडौँ – संघीय संसदमा बलियो उपस्थितिबाटै प्रवेश गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।

बुढानीलकण्ठस्थित एक होटलमा बस्ने बैठकबाट यसअघि करिब टुंगिसकेको नामलाई अनुमोदन गरिने प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए।

प्रारम्भिक चुनावमा सभापति रवि लामिछाने विजयी भएकाले उनलाई नै दलको नेता चयन गरिने उनले बताएका छन्।

नयाँ सरकारमा सहभागी हुने/नहुनेबारे पनि आजको बैठकमा छलफल हुनेछ। स्वतन्त्रका प्रत्यक्षबाट ७ र समानुपातिकबाट १३ गरी २० सांसद प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।