फाइल फोटो

ब्रेकिङ स्टोरी

रवि लामिछाने संसदीय दलको नेतामा निर्विरोध

By खबरहब

December 19, 2022

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्।

सोमबार बिहान बुढानीलकण्ठस्थित एक होटलमा बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिएका छन् ।

उनकाअनुसार यसअघि प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरिएको हो। प्रमुख सचेतक, सचेतक चयन गर्न बाँकी रहेको छ।

स्वतन्त्रका प्रत्यक्षबाट ७ र समानुपातिकबाट १३ गरी २० सांसद प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।