सांकेतिक तस्वीर

देश/प्रदेश

झापामा दुई जनाको शव फेला 

By खबरहब

December 19, 2022

दमक– झापाको मेचीनगरपालिकास्थित चारआली जङ्गलमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । सोमबार अपराह्न महिला र पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

महिलाको शव भुँइमा र पुरुषको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार शवको पहिचान खुल्न सकेको छैन ।

आत्महत्या वा हत्या भन्ने विषयमा अहिले नै केही भन्नसक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।