फाइल फोटो

राजनीति

सरकारमा जाने-नजाने विषयमा छलफल भइरहेको छ : रवि लामिछाने 

By खबरहब

December 19, 2022

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र छलफल सुरु भएको बताएका छन् ।

सोमबार निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसंगै आफ्नो पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल सुरु भएको बताएका हुन् ।

अहिलेसम्मको अभ्यास सरकारमा दल जाने कि नजाने रहेको भन्दै उनले आफ्नो पार्टीले भने एजेण्डालाई सरकारमा लाने बताए । उनले जनतासँग गरेका प्रतिवद्धता र एजेण्डा पुरा गर्ने प्रतिवद्धता भयो भने परिवेश बेग्लै भएपनि सरकारमा जानका लागि मात्रै जानुको कुनै औचित्य नभएको धारणा राखे । 

उनले पार्टीले आफूलाई दलको नेतामा चयन गरेको पनि जानकारी दिए । लामिछाने पार्टीका कुनै सदस्यहरूलाई बोल्न बन्देज नलगाइएको बताए ,