भारत / चीन / सार्क

किन चीन छोड्न चाहन्छ नयाँ पुस्ता ?

By मनोज घिमिरे

January 20, 2022

हङकङ र चीनका धेरै जना त्यो ठाउँ छाड्न चाहन्छन् । उनीहरु त्यहाँको उत्पीडनबाट मुक्त हुन खोजीरहेका छन् । उनीहरूको गन्तव्य भने फरक छ । कसैको ताइवान त, कसैको इक्वेडर जस्ता धेरै टाढाका देश छन् ।

त्यहाँको जनगणना तथा तथ्याङ्क विभागको डाटालाई आधार मान्ने हो भने सन् २०२० को मध्यदेखि सन् २०२१ को मध्यसम्ममा हङकङबाट एक प्रतिशत अर्थात् ८९ हजार २ सय जनाले त्यो ठाउँ छाडेका छन् ।

‘हङकङमा तानासाही शासनको सुरुवात भएको छ । यस कारण म त्यहाँ जान चाहन्छु । जहाँ म निर्धक्क बस्न सकूँ’, हङकङका बासिन्दा एडवीन लाइले भने ।

महिनौँ लामो विरोधका कार्यक्रमका बाबजुद हङकङमा सन् २०२० को मध्यमा राष्ट्रिय सुरक्षा ऐन लागु भएको थियो । जुन ऐन पछि त्यहाँका बासिन्दाका लागि कठोर जीवनको सुरुवात भयो । ‘अभिव्यक्ति स्वतन्त्रतादेखि शैक्षिक क्षेत्रसम्म विभिन्न स्थानमा धेरै नियम लगाइएका छन् । नयाँ ऐनमा थुप्रै कडा कानुनी प्रावधान छ’, लाइले भने ।

ताइवानको अध्यागमन विभागका अनुसार अहिले हङकङबाट धेरै जना ताइवान गइरहेका छन् । ‘स्वतन्त्र आवाज बोल्नका लागि म हङकङबाट ताइवान गएको हुँ’, दृश्य कलाकार केसी वोंगले भनेका छन्, ‘सधैँ डर मात्र दिने सहरमा कोही पनि बस्न चाहदैन।’

सन् २०२० मा १० हजार जना हङकङबाट ताइवान गएका थिए । यो सन् २०१९ मा भन्दा दुई गुणा बढी हो। सन् २०२१ को पहिलो सात महिनामै ५ हजार ताइवान पुगिसकेका छन् ।

सन् २०२० मा १० हजार जना हङकङबाट ताइवान गएका थिए । यो सन् २०१९ मा भन्दा दुई गुणा बढी हो । सन् २०२१ मा पनि यसै क्रमले निरन्तरता पाउने सन्दर्भमा पहिलो सात महिनामै ५ हजार मानिस ताइवान पुगिसकेका थिए ।

हङकङको जीवनबाट वाक्क भएर बसाइँ जान चाहनेको अर्को रोजाइको स्थान बेलायत बनेको छ । सन् २०२१ को पहिलो ६ महिनामा मात्र हङकङ छाडेर बेलायत जानका लागि ६५ हजारले आवेदन दिएका छन् ।

अर्को देशमा पनि चिनियाँकै त्रास

गत वर्ष नै बेलायतले बीएनओ भिसा प्रचलनमा ल्याएको थियो । यस भिसा अन्तरगत हङकङबासी र उसका डिपेन्डेडले लाभ लिन सक्छन् । यसरी यो नयाँ कार्यक्रमको लाभ लिन पाउनेमा ५४ लाख छन् ।

माइक र इभी ल्यामले यस भिसाका लागि आवेदन दिँदै आफ्नो ११ वर्षे छोरोसहित सन् २०२० को डिसेम्बरमा हङकङबाट बेलायत गए । माइकले हङकङमा भावी पुस्ताको सुरक्षित जीवन बारे बारम्बार आफैंले आफैलाई प्रश्न गर्दै यो निर्णय गरेको बताउँछन् । ‘हङकङको अवस्था दिनदिनै खराब बन्दै गएकाले यो निर्णय गरेका हौँ’, उनी भन्छन् ।

चीनबाट अन्य मुलुकमा शरण खोज्न जानेको सङ्ख्या प्रत्येक दशक तीव्र गतिमा बढी रहेको छ । सन् २०१० मा ७७३२ को सङ्ख्यामा रहेको यो आँकडा सन् २०२० मा १ लाख ८ हजार ७१ पुगेको छ ।

चीन छाडेर जानेहरू पनि त्यहाँ पुगेपछि कतै चिनियाँबाटै सताइने त होइन भन्ने चिन्तामा पर्ने गरेका छन् । खास गरेर जीङजीयाङ प्रान्तका अल्पसङ्ख्यक उर्गुयुस मुस्लिम समुदायमा यो चिन्ता देखिन्छ ।

ह्युमन राइट वाचले मानवता विरोधी अपराधको रूपमा व्याख्या गरेको चिनियाँ यातना गृहबाट फुत्कनेहरू शरणको रूपमा टर्की पुग्ने गरेका छन् ।

सन् २०२० मा चीनले उर्गुयुस समुदायमाथि यातना दिएको अस्वीकार गर्दै उनीहरूलाई कट्टर धार्मिक सोचबाट बाहिर ल्याउन व्यावसायिक शिक्षा दिएको दाबी गरेको थियो । यस दाबीका बाबजुद अन्तर्राष्ट्रिय निकाय र मानव अधिकारवादी सङ्गठन व्यक्तिको धार्मिक आस्थामाथि नै निर्मम प्रहार गर्ने चिनियाँ नीतिबाट जानकार छ । टर्की र चीनका विरुद्धमा आर्थिक तथा सुरक्षा सम्झौता भएपछि टर्कीमा रहेका यस समुदायका मानिस असुरक्षित महसुस गर्न थालेका छन् । चीनले टर्कीलाई यसरी शरणमा रहनेलाई सुपुर्दगी गर्न दबाब दिएको थियो ।

चीन छाडेर जानेहरू पनि त्यहाँ पुगेपछि कतै चिनियाँबाटै सताइने त होइन भन्ने चिन्तामा पर्ने गरेका छन् । खास गरेर जीङजीयाङ प्रान्तका अल्पसङ्ख्यक उर्गुयुस मुस्लिम समुदायमा यो चिन्ता देखिन्छ ।

टर्कीमै रहेका उर्गुयुस समुदायका एन्भे टर्डीले एक वर्ष निर्वासनमा बिताएका थिए । उनले टर्कीमै रहेर पनि मानव अधिकारको पक्षमा आवाज उठाइ रहेन जनाएका छन् । ‘टर्कीले अहिले हाम्रो विरुद्धमा प्रमाण खोजी रहेको छ । कुनै प्रमाण फेला पारेको छैन । मेरा विरुद्धमा त तीन वर्षदेखि प्रमाण खोज्न लागि परेको छ’, टर्डीको कथन छ ।

सन् २०१७ देखि चीनले लगभग १० लाख जनालाई बन्दी बनाइ सकेको छ । यी मध्यका अधिक जीङजीयाङ प्रान्तमा छन् । मानव अधिकारवादी सङ्गठन उर्गुयुस समुदायमाथि चिनियाँ सत्ताको यो हर्कत अमानवीयताको पराकाष्ठाकै संज्ञा दिन्छन् ।

सन् २०१८ मा शरणार्थीको रूपमा अमेरिका पुगेका बुग्रा आर्किएन सोही वर्ष चिनिया ँअधिकारीले उनलाई बन्दी गृह पठाउन धेरै मेहनत गरेका बताउँछन् । ‘सन् २०१८ मा मेरा बा, काका नजिकका दाजु भाइ र केही साथी हराए । पछि सुनेको उनीहरू सबै एकान्त शिविरमा लगिएका थिए’, आर्किएनले भने ।

यस वर्ष पनि चिनियाँ भाषामा फोन गरेर दुई जनाले उनी र उनकी श्रीमतीलाई धम्क्याएको बताउँछन् । आर्किएनले ती महिलाले बच्चाको समेत ज्यान लिने तथा चाँडो नै सबै जनाको काल आइ सकेको धम्की दिएकी थिइन् ।

स्वतन्त्र जीवनका लागि चीन छोड्नेको लर्को

जीङजीयाङमै जन्मिएकी फातीमा अब्दुलगाफुर भ्वाइस अफ अमेरिकासँगको कुराकानीमा स्वतन्त्रताको खोजीमा चीन छाडेको बताउँछिन् । जियो फिजिक्समा विद्यावारिधि गरेकी अब्दुलगाफुर अस्ट्रेलिया पुगेर त्यहीँ विवाह गरेकी हुन । अमेरिकामा बसोबास गरेकी उनी, अहिले त्यही रहेकी छिन्, जहाँ चीनमा जन्मिएका ६ लाख ५० हजार आप्रवासी बसोबास गर्छन् ।

अब्दुलगाफुरकै अनुसार उनका बाबु पनि शिविरमै बितेका थिए । उनका भाइ पनि अहिले बन्दी बनाइएका छन् । आफूले दासको जीवन बाच्नु पर्ने कुरा निश्चित देखेर नै चीन छाडेको उनको भनाइ छ ।

इक्वेडरमा रहेकी मिली । पूर्वअङ्ग्रेजी शिक्षिका हुन् । उनी चीनबाटै त्यहाँ आइ पुगेकी हुन् । उनको विचारमा पनि चीन छाड्नुको ८० देखि ९० प्रतिशतको कारण त्रासको वातावरण नै हो । अहिले पनि चीन छाड्ने धेरैको परिवार त्यहीँ रहेका छन् ।

इक्वेडरमा चिनियाँ आप्रवासीका लागि काम गरी रहेका मिलिकै विचारमा त्यहाँको राजनीतिक र आर्थिक अनिश्चितता पनि देश छाड्नुको प्रमुख कारण हो । उनको विचारमा चीन छाडेपछि धेरैले चिनियाँ रकम पनि काम नलाग्ने डरले त्यसलाई डलरमा साटेर घरमा राख्ने गरेका छन् । धेरै जना त चीनको नयाँ पुस्ताले गम्भीर गरिबिको सामना त गर्ने होइन भन्ने चिन्तासमेत व्यक्त गर्न थालेका छन् ।

कला देखाउन देश छोड्नुको विकल्प भएन हुवा योग क्यानडामा छन् । उनले केही व्यक्ति क्यानडामा शरण खोजी रहेको भिडियो सङ्ग्रह गरेका छन् । यो हेर्दा उनलाई ती चिनियाँ नागरिक धेरै नै विचरा लाग्छन् । कलाकार समेत रहेका उनी चीनमा रहँदा धेरै पटक गिरफ्तार परे । उनलाई १५ महिने श्रम शिविरमा पनि राखिएको थियो । कलाकै कारण जेल जानु परे पछि उनलाई देश छाड्नुको अर्को विकल्प नभएको महसुस भएको हो ।

क्यानडाका प्रीन्स आइजल्यान्ड टापु अहिले धरै विदेशीको गन्तव्य बनेको छ । त्यहाँ श्रमिकको अभाव भएका कारण विदेशबाट धेरै पुगेका छन् । सन् २०२० र २१ मा त्यहाँ पुग्ने विदेशी मध्य ४ प्रतिशत चिनियाँ छन् ।

बाहिर समृद्धितर्फ लम्की रहेको देखिएको चीनमा त्यस भित्र बस्ने नागरिकको मनमा अनेकन् पीडा छन् । यसै कारण त्यस देश छाड्न चाहनेको सङ्ख्या त्यत्तिकै छ ।

क्यानडाली नागरिकसँग विवाह गरेकी एमर्ली पेइ १२ वर्षअघि त्यहाँ पुगेकी हुन् । त्यहीँ टापुमा रहेर उनी चीनबाट जाने आप्रवासीलाई सहयोग गर्नमा व्यस्त छिन् । उनी आफ्ना बाल बच्चाका लागि त्यहाँ गएको बताउँछिन् । प्रीन्स आइजल्यान्ड टापुका अध्यागमन कार्यालयका निर्देशक येन केन बच्चाको सुरक्षित भविष्यका लागि चिनियाँले यस ठाउँलाई उपयुक्त ठानेको प्रतिक्रिया दिन्छन् ।

अहिले त्यस स्थानमा चिनियाँलाई नै केन्द्रित गर्दै थुप्रै बजार पनि विस्तार भएका छन् । चिनियाँको आकर्षण पनि दिन दिनै बढ्दो छ । बाहिर समृद्धितर्फ लम्की रहेको देखिएको चीनमा त्यस भित्र बस्ने नागरिकको मनमा अनेकन् पीडा छन् । यसै कारण त्यस देश छाड्न चाहनेको सङ्ख्या त्यत्तिकै छ ।

पछिल्लो समय उर्गुयुस मुस्लिम समुदाय माथिको ज्यादतीका कारण उनीहरूले चीन छाड्न चाहनु स्वभावीकै बनेको छ । चीनको मानव अधिकार विरोधी नीतिका कारण हङकङबासी आजित छन् । अहिले प्रचलनमा ल्याइएको राष्ट्रिय सुरक्षा कानुन त उनीहरूका लागि अत्यन्त कठोर साबित भइसकेको छ । चीनको मानव अधिकार विरोधी नीतिको असर इनर मङ्गोलियामा पनि परि रहेको छ । यी सबै कारणले सायद अबको पुस्ता चीनमा बस्न चाहने छैन ।

–भ्वाइस अफ अमेरिकालगायत एजेन्सीको सहयोगमा