खेलकुद

अफ्रिका कप : नाइजेरिया बन्यो समूह विजेता

By खबरहब

January 20, 2022

काठमाडौँ – अफ्रिका कप अफ नेशन्समा नाइजेरिया समूह विजेता बनेको छ । समूह चरणका तीन खेलमा अपराजित यात्रा कायम गर्दै नाइजेरिया समूह विजेता बनेको हो ।

समूह डी अन्तर्गत समूह चरणको अन्तिम खेलमा गिनी बिसाउलाई २–० गोल अन्तरले पराजित गर्दै नाइजेरिया समूह विजेता बनेको हो ।

नाइजेरियाको जितका लागि खेलको ५६ औँ मिनेटमा सादिक र ७५ औँ मिनेटमा ट्रूस्ट–एकोङले गोल गरे । अन्तिम १६ मा पुग्न उसले तीन खेल खेल्दा ९ अंक जोडेको छ ।

बुधबार राति भएको अर्को खेलमा इजिप्टले सुडानलाई १–० ले पराजित गरेको छ । यो जितसँगै समूह चरणमा दोस्रो बन्दै उसले अन्तिम १६ मा स्थान बनाएको छ ।