फाइल फोटो

समाचार

आगो तापिरहेका दुई जनाको मृत्यु

By खबरहब

January 20, 2022

बुटवल – जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको मृत्यु भएको छ ।

बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । ढिस्को खसेर पाँचजना पुरिएकोमा दुईजनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो ।

तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा केशव पुरी, अशोक गाहा र अन्य एक जना रहेको प्रहरीले जनाएको छ । उनीहरु तिनाउ नदी किनारमा आगो तापेर बसिरहेका थिए ।

ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए । स्थानीय देबीनगरको प्रगतिनगर टोलका पाँच जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो।