मनोरञ्जन

मदानी महोत्सवमा आउँदै खेसरीलाल

By खबरहब

January 20, 2022

रौतहट– भोजपुरी फिल्मका सुपरस्टार खेसरीलाल यादव रौतहट आउने भएका छन् । मौलापुर नगरपालिकाले बर्षेनी आयोजना गर्दै आएको मदानी महोत्सवमा भाग लिनका लागि गायकसमेत रहेका अभिनेता यादव रौतहट आउन लागेका हुन् ।

‘१७ फागुनमा खेसरीलाल मौलापुरमा आउने तय भएको छ,’ नेकपा एमाले जिल्ला कमिटी सदस्य निवेश यादवले भने । उनका अनुसार सो बारेमा आयोजक र अभिनेताबीच समझदारी भइसकेको छ ।

केही दिनअघि सुनसरीमा आयोजना भएको एक कार्यक्रममा आउने क्रममा भएको झडपमा उनको गाडी तोडफोड भएको थियो ।