देश/प्रदेश

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुग्यो

By खबरहब

January 20, 2022

काठमाडौँ– नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार देशभर गरिएको २१ हजार ७ पीसीआर परीक्षणका क्रममा १० हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ६ हजार ४ सय ९० एन्टिजेन परीक्षणका क्रममा २ हजार २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ८ सय ८८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ६ सय ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ६ सय ४९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार ८ सय ९ जना निको भएका छन् । हाल नेपालमा ५७ हजार ३ सय २८ सक्रिय संक्रमित आइशोलेशन र १ सय २५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।