अन्तर्राष्ट्रिय

कोभिड नियन्त्रणमा लालीगुराँस प्रभावकारी हुने दाबी

By खबरहब

January 20, 2022

नयाँ दिल्ली– हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने दाबी गरेका हुन् । कोभिड–१९ संक्रमित भेरो इ ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुले यस्तो निश्कर्ष निकालेका हुन् ।

बायोएक्स सेन्टर स्कूल अफ बेसिक साइन्सका सहप्राध्यापक डा. श्यामकुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली बनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीका बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ । कोभिड संक्रमण फैलिएसँगै भारतीय अनुसन्धानकर्ताहरुले जडिबुटीबारे थप अध्ययन गरिरहेका छन् ।