आर्थिक

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम घट्दै

By खबरहब

January 20, 2022

काठमाडौँ– सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार बजारमा सुधार भएपछि कारोबार रकम भने अपेक्षा अनुसार हुन सकेको छैन ।

बजार मापन गर्ने सूचक ३२.९६ अंकले बढेर परिसूचक २९३१.२६ बिन्दुमा रोकिएको छ । यो दिन २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । विकास बैंक १७१.६५, फाइनान्स ७७.४७, जलविद्युत ७६.४२, जीवन बीमा ४६२.४०, माइक्रोफाइनान्स ६०.१८, निर्जीबन बीमा समूहको उपसूचक २७०.१० अंकले बढेको छ ।

यो दिनको कारोबारमा मैलुङ खोला, जलविद्युत कम्पनी, तेह्रथुम पावर र बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।