देश/प्रदेश

काठमाडौँ उपत्यकामा भोलि राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने

By खबरहब

January 20, 2022

काठमाडौँ– काठमाडौँ उपत्यकामा माघ ७ गते शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्नको लागि भन्दै सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

यो निर्णय अनुसार अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने छ । जोर बिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने बताइएको छ ।