फाइल फोटो

राजनीति

वैशाखभित्र स्थानीय चुनाव नभए संविधान र कानूनको उल्लंघन : विष्णु रिमाल

By खबरहब

January 20, 2022

काठमाडौँ– एमाले उपमहासचिव विष्णु रिमालले वैशाखभित्र स्थानीय चुनाव नभए संविधान र कानून उल्लंघन हुने बताएका छन्। सर्वोच्च अदालतको फैसलाविपरीत हुने पनि उनले उल्लेख गरे।

उपमहासचिव रिमालले ट्वीट गर्दै भनेका छन्, ‘वैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुन्छ, कानून मिचिन्छ। यसको चिन्ता नहुने ! ऊबेला मुद्दा हाली एक दिन बाँकी रहेसम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने’ भनी गराइएको फैसलाविपरीत ‘पहिले प्रतिनिधिसभा र प्रदेशको चुनावपछि स्थानीय तहको’ भन्ने गफ हामीले पत्याइदिनुपर्ने !’