खेलकुद

पीएसजीको दोस्रो हार

By खबरहब

February 20, 2022

काठमाडौँ – फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेनले जारी लिग वानमा दोस्रो हार बेहोरेको छ ।

शनिबार राति भएको खेलमा भ्रमणकारी टोली पीएसजी एफसी नान्टेससंग ३-१ अन्तरले पराजित भएको छ ।

घरेलु मैदानमा नान्टेसले स्टार खेलाडी नेयमार, केलीयन एम्बाप्पे र लियोनल मेस्सीलाई रोक्दै जित सहित पाचौं स्थानमा उक्लिएको हो ।

उसको जितमा रन्डाल कोलो मुअनी कुइन्टिन मार्लीन र लुडोभिक ब्लासले एक एक गोल गरे । पीएसजीका नेयमारले सान्त्वना गोल फर्काए ।

५९ औं मिनेटमा नेयमारले पेनाल्टी सदुपयोग गर्न नसक्दा पीएसजी थप दबाबमा परेको थियो । हारपछी २५ खेलबाट ५९ अंक बनाएको पीएसजी शीर्ष स्थानमा कायम छ ।