आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

By खबरहब

February 20, 2022

काठमाडौँ – सुनको भाउ साताको पहिलो दिन आज (आइतबार) प्रतितोला १०० रुपैयाँका दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ ।

शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।