फाइल फोटो

राजनीति

झलनाथ खनालले भने – ‘एमसीसी टेवुल गर्ने गठबन्धनको निर्णय आपत्तिजनक’

By खबरहब

February 20, 2022

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेवुल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।

उनले संविधान विपरित गठबन्धनले एमसीसी टेवुल गर्ने निर्णय गरेको समेत आरोप लगाए । ‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेवुल गर्न सकिदैन । यो संविधान विपरित पनि छ,’ खनालले भनेका छन्।

शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडी नबढाउने निर्णय गरेको उनले बताए । ‘हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेवुल गर्ने भन्ने कसरी मिल्छ । यो सब गलत कुराहरु भए । विदेशीहरुको दबाबमा पार्टीहरु झुक्दै गएको कुरा यसले देखाउँछ,’खनालले थपे ।

एमसीसीको विरोध गर्ने भएकै कारण सत्तारुढ दलको आइतबार विहान बसेको बैठकमा आफूलाई नबोलाइएको उनले जनाए ।