(आगलागीमा जलेको डम्बरबहादुर राईको घर । तस्बिर : बाजिन्द्र विष्टको फेसबुकबाट)

समाचार

आगलागीबाट विस्थापित परिवारको विचल्ली

By खबरहब

February 20, 2022

खोटाङ – आगलागीमा घर जलेर नष्ट भएपछि खोटाङ जन्तेढुंगा गाउँपालिका-५ चिसापानी (पाथीभरा)का डम्बरबहादुर राईको परिवारको बिचल्ली भएको छ । भान्साकोठाको रुपमा प्रयोग हुँदै आएको कटेरोबाट सुरू भएको आगोले घर र घरमा भएका सबै सामान जल्दा आठ जनाको परिवार बिचल्लीमा परेको हो ।

शुक्रबार पास्नीको दिन अगेनामा खाना पकाउने क्रममा कटेरोको टाँडमा राखिएको परालमा आगो सल्किएर आगलागी सुरू भएको चिसापानीका कार्यवाहक वडाध्यक्ष धनकुमार राईले बताए ।

आगलागीमा सर्वस्व गुमाएका राई परिवार हाल रेडक्रसले उपलव्ध गराएको त्रिपाल टाँगेर बसिरहेका छन् । चिसोका कारण परिवारका वृद्धवृद्धा र बालबच्चा समस्यामा परेका छन् । आगलागीबाट विस्थापितलाई वडा कार्यालयकातर्फबाट खाद्यान्नलगायत बन्दोवस्तीका सामान उपलव्ध गराइएको कार्यवाहक वडाध्यक्ष राईले बताए । विस्थापितको घर निर्माणका लागि छिमेकीले आर्थिक र भौतिक सहयोग जुटाउने अभियान सुरु गरिएको छ ।