मोडल

म्यूजिक भिडियोमा अब्बल सगुन

By कुबेर डंगोल

February 20, 2022

काठमाडौं–झण्डै सात वर्षयता सुर्खेतकी सगुन शाही मोडलिङमा व्यस्त छिन् । फिल्म ‘ढुवानी’बाट फिल्मी अभिनय सुरु गरे पनि उनी फिल्ममा खासै जन्म सकिनन् । तर पनि उनको संघर्ष जारी छ । उनले झण्डै ६ सय बढी म्यूजिक भिडियोमा आफ्नो अभिनय कला देखाइसकेकी छन् ।

सगुन म्यूजिक भिडियोमा काम गर्ने बानीले फिल्मी अभिनय छुटेको दाबी गर्छिन् । तर उनी आफूलाई मिल्ने खालको भूमिका पाए फिल्ममा काम गर्न तयार रहेको बताउँछिन् । उनी राम्रो कथा र टिम भएको फिल्ममा काम गर्न चाहन्छिन् । उनले फिल्म ‘ठमेल डट कम’मा पनि अभिनय गरेकी छन् ।