समाचार

छेडाबजारमा सीसीटीभी क्यामेरा जडान

By खबरहब

February 20, 2022

जाजरकोट– भेरी करिडोरअन्तरर्गत जाजरकोटको छेडाबजारमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । सुर्खेत र जाजरकोट जिल्लाको सिमाना शिवालय गाउँपालिका –१ को छेडाबजारमा क्यामेरा जडान गरिएको हो ।

शिवालय गाउँपालिकाको पाँच लाख लागतमा क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताएका छन् । जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको छेडा बजारमा विभिन्न अपराधिक घटनाहरू घटाइ जिल्ला बाहिरिने तथा प्रवेश गर्ने अपराधिक मनोवृतिका मानिस तथा सवारीसाधन निगरानी गर्ने गरी क्यामेरा जडान गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

सीसीटीभी क्यामेराले पालिका र जिल्लाको शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउने विश्वास लिइएको अध्यक्ष शाहीले बताएका छन् ।