फाइल तस्वीर

ब्रेकिङ स्टोरी

संसदमा एमसीसी पेस गर्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय

By खबरहब

February 20, 2022

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा बसेको समितिको बैठकले आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको हो । तर, यो निर्णयप्रति माओवादी केन्द्रले फरक मत राखेको छ । केन्द्रका तर्फबाट माओवादी प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ति र रेखा शर्माले राष्ट्रिय सहमति कायम नभई टेबलसमेत हुन नहुने भन्दै असहमति राखेका हुन् । उनीहरुको लिखित असहमति रहेको छ ।

यसअघि आइतबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिमा लगेर छलफल गरी सर्वदलीय सहमतिमा मात्र एमसीसी पेस गर्नुपर्ने प्रस्ताव गरेका थिए ।