राजनीति

एमसीसीकै कारण पार्टी फुट्दैनः झाँक्री (भिडियोसहित)

By खबरहब

February 20, 2022

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले एमसीसी सदनमा पेश भएकै कारण आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् ।

आइतबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने गठबन्धनमा भएको सहमतिप्रति आपत्ति जनाउँदै पार्टीका सम्मानित नेता झलनाथ खनाल विरोधमा उत्रिएका छन् ।

उनको विरोधका कारण पार्टी नै फुट्न सक्ने अडकल हुन थालेपछि झाँक्रीले यस्तो नहुने दाबी गरेकी हुन् ।

एमसीसी सदनमा पेश भएकै कारण पार्टी फुट्छ जस्तो आफूलाई नलागेको उनको भनाइ छ ।