मुख्य समाचार

एमसीसीको बहानामा नेपाललाई ट्रयापमा पार्ने काम भयोः खनाल

By खबरहब

February 20, 2022

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले करार सम्झौताहरूलाई दुनियाँको कुनै पनि संसदमा लगेर अनुमोदन गर्ने परम्परा नरहेको भन्दै एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताएका हुन् ।

उनले संविधानविपरीत एमसीसीलाई सदनमा पारित गर्न नहुने पनि जिकिर गरे ।

एमसीसीको बहानामा नेपाललाई ट्रयापमा पर्ने काम गरिएकोसमेत उनले बताए ।