फाइल तस्वीर

मुख्य समाचार

गगनले दलहरूलाई भने– ‘डबल स्ट्यान्डर्डको भूमिका छाड्नुस्’ (भिडियोसहित)

By खबरहब

February 20, 2022

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीको विषयमा डबल स्ट्यान्डर्ड छाड्न सुझाव दिएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारमा पनि बस्ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गर्ने डबल स्ट्यान्डर्ड छाड्न पार्टीहरूलाई सुझाव दिएका हुन् ।

उनले संसदमा एमसीसी टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू मतदान गर्ने बेलासम्म सहमतिमा आइपुग्ने विश्वास व्यक्त गरे ।

उनले एमसीसीको विषयमा देव गुरुङ र झलनाथ खनालले विरोध गर्नुको कुनै अर्थ नरहेको पनि बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत एमसीसी पेश गर्ने बेला सदनमा सहभागी हुनु सकरात्मक भएको उनको भनाइ थियो ।

भिडियो हेर्नुहोस्