मुख्य समाचार

ओलीले भने– ‘एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था आयो’

By खबरहब

February 20, 2022

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा समयमै नल्याउँदा अहिलेको अवस्था श्रृजना भएको बताएका छन् ।

सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि नयाँ बानेश्वरस्थित संसद् भवनमा पार्टीका करिब ३० भन्दा बढी सांसदहरूसँगको छलफलका क्रममा उनले समयमै संसदमा नल्याउँदा समस्या भएको बताएका हुन् ।

ढिला गरेका कारण अमेरिका र चीन बोल्नु पर्ने अवस्था बनेको उनको भनाइ थियो । छलफलमा सहभागी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओलीलाई उदृत गर्दै भने, ‘पहिला नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन ।’

भट्टराईका अनुसार पछिल्लो परिस्थितबारे सांसदहरूले ओलीलाई जानकारी गराएका थिए । ओलीले संसद अवरोध निरन्तर रहने बताएका थिए ।