सांकेतिक तस्बिर

समाचार

१५० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

February 20, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १३६ कोरोना संक्रमितको आईसीयूमा र १४ को भेन्टिलेटरमा गरी कुल १५० जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १० जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेस प्रदेश मा ३ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ९७ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ४ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १२ जना आईसीयूमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसियूमा उपचाररत छन् भने सुदुरपश्चिममा ९ जना आईसीयूमा उपचाररत छन् ।