फाइल तस्वीर ।

राजनीति

निर्वाचनका लागि चुनाव चिह्न ‘गाई’ माग्ने राप्रपा नेपालको निर्णय

By खबरहब

February 20, 2022

काठमाडौँ– राप्रपा नेपालले स्थानीय तहको निर्वाचनमा चुनाव चिह्न गाई माग गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समितिले निर्वाचन आयोगसँग चुनाव चिह्न गाई माग्ने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा पराजित भएपछि दल त्याग गरी राप्रपा नेपाल ब्युँताएका कमल थापाले विगतमा राप्रपा नेपालको चुनाव चिह्न गाई रहेको स्मरण गराएका छन् ।