फाइल फोटो

मुख्य समाचार

एमसीसी प्रकरणमा शंकर पोखरेलको टिप्पणी– ‘तयारीसहित मञ्चन गरिएको भद्दा नाटक’

By खबरहब

February 20, 2022

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीका विषयमा सत्ता गठबन्धनका दलहरूले भद्दा नाटक गरिरहेको टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले एमसीसीलाई संसदमा पेस गर्न दिएर त्यसको विरोध गरेको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका गठबन्धनका दलहरूबाट ‘तयारीसहित मञ्चन गरिएको भद्दा नाटक’ भएको आरोप लगाएका हुन् । उनले कुनै दलको नाम उल्लेख भने गरेका छैनन् ।

‘विगतमा आफैँ रोक्न लगाउने, आफैँले सहमति गरेर पेस गर्न दिने र आफैँ विरोधमा वक्तव्य दिने कुरा तयारीसहित मञ्चन गरिएको भद्दा नाटक न हो,’ पोखरेलले फेसबुकमा लेखेका छन् ।

यसअघि, माओवादी केन्द्र र नेकपा एसले एमसीसी कुनै हालतमा टेबल गर्न नदिने भन्दै रोकेका थिए भने आज सहमति गरेर पेस गर्न दिइएपछि एमाले महासचिव पोखरेलको यस्तो भनाइ सार्वजनिक भएको हो ।