फाइल फोटो

राजनीति

शक्ति केन्द्रहरूका दबाबमा होइन राष्ट्रिय हितमा निर्णय गरौँ: डा. भट्टराई

By खबरहब

February 20, 2022

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदले शक्ति केन्द्रहरूका दबाबमा नभई सत्यतथ्य र राष्ट्रिय हितमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका छन् ।

जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम् थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक रहेको बताएका छन् ।

भट्टराईले भनेका छन्, ‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम् थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ । संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरुपण गरौँ, दलीय र गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौँ ।’