खेलकुद

एस्टन भिल्लामाथि आर्सनको जित

By खबरहब

March 20, 2022

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा आर्सनल विजयी भएको छ। एस्टन भिल्लालाई आर्सनलले १-० ले पराजित गरेको हो।

आर्सनलका लागि निर्णायक गोल बुकायो साकाले गरे। खेलको ३० औं मिनेटमा उनले गोल गरेका थिए।

एस्टन भिल्लामाथि विजयी भएसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोडेको छ भने एस्टनले ३६ अंक बनाएको छ।

अर्सनल लिगको चौंथो स्थानमा उक्लिएको छ भने एस्टन नवौं स्थानमा छ।