तस्बिर सौजन्य : AP1HD

मनोरञ्जन

भूपेन्द्र भए नेपाल आइडल- ४ को विजेता

By खबरहब

March 20, 2022

भैरहवा – नेपाल आइडल सिजन-४ को विजेता भैरहवाका भूपेन्द्र थापा भएका छन् ।

एपी वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आइडलमा टप ५ मा पुगेका भूपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन्।

उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साँझ भएको ग्राण्ड फिनालेमा थापा चौथो संस्करणको सर्वोत्कृष्ट भई उपाधि चुम्न सफल भएका हुन्। थापा ३० लाख रुपैयाँ नगद र ट्रफीसहित विभिन्न स्पोन्सरबाट पुरस्कृत भए।

थापा टप पाँचमा परेपछि भोटको अपिलका लागि गत साता भैरहवा पुगेका थिए। भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपोर्ट गरेर नै उपाधि दिलाउन सकेका छन् ।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् । झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौँ भए ।