सांकेतिक तस्बिर

समाचार

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

March 20, 2022

बैतडीमा – ट्र्याक्टर दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन् ।

बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र०१००२त ५५९८ नंको ट्र्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उनका अनुसार ट्र्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारूको जिल्ला अस्पतालमा राति नै मृत्यु भएको हो ।