समाचार

ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा काफ्ले

By खबरहब

March 20, 2022

काठमाडौँ – नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा मिर्गौला रोग विशेष डा. ऋषिकुमार काफ्ले चयन भएका छन्।

शनिबार भएको साधारणसभाले उपाध्यक्षमा प्राडा दिब्या सिंह र महासचिव प्राडा. प्रेमराज ज्ञवालीलाई चयन गरेको हो।

सोसाइटीको कोषाध्यक्ष डा. मुकुन्द काफ्ले चयन हुँदा सहसचिवमा प्राडा सुभाष आचार्य र सह-कोषाध्यक्षमा डा. अनिल श्रेष्ठ चुनिए।

सदस्यहरूमा डा. पवन चालिसे, प्राडा. महेश सिग्देल, डा. शैलेन्द्र श्रेष्ठ, डा. छेतेन योन्जन र डा अरुण शर्मा चयन भएका छन् ।

साधारण सभाअघि नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीले मस्तिष्क मृत्युपछि गरिने अंग प्रत्यारोपणसम्बन्धी कार्यशाला गोष्ठी समेत गरेको थियो।