तस्वीर- ट्विटर/डेभिड क्यामरुन

अन्तर्राष्ट्रिय

शरणार्थीलाई सहयोग गर्न आफैँ भ्यान हाँक्दै बेलायती पूर्व प्रधानमन्त्री पोल्याण्डतर्फ

By खबरहब

March 20, 2022

काठमाडौं– बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरुन युक्रेनी शरणार्थीलाई सहयोग गर्न आफैँ भ्यान हाँक्दै पोल्याण्डतर्फ लागेका छन् ।

पूर्व प्रधानमन्त्री क्यामरुनले सामाजिक सञ्जाल ट्विटरमार्फत् तस्वीर सार्वजनिक गर्दै रुसी आक्रमणको सामना गरिरहेको युक्रेनबाट विस्थापित भएकाहरुलाई सहायता प्रदान गर्न आफैँ भ्यान चलाएर पोल्याण्डतर्फ लागेको बताएका हुन् ।

आफूले चलाएको भ्यानमा ‘न्यापीदेखि लिएर स्यानिटरीका सामान, न्यानो कपडादेखि लिएर प्राथमिक उपचारका सामग्रीसम्म सबैथोक’ रहेको उनको भनाइ छ ।

उनको भ्यानमा अक्सफोर्डशायर फुड प्रोजेक्ट चिप्पी लार्डरले संकलन गरेको सामग्रीहरू रहेको र पोल्याण्ड पुगेर ती सामग्री रेडक्रसलाई प्रदान गर्ने बताइएको छ ।

उनीसँगै उनका अरु दुई साथीहरु पनि पोल्याण्ड यात्रामा रहेको बीबीसीले जनाएको छ ।

‘यो निकै लामो यात्रा हुनेछ, तर म तपाईँहरूलाई बाटोभरि अपडेट गराइरहनेछु ।’ उनको ट्विटमा लेखिएको छ ।