सांकेतिक तस्बिर

अपराध

बालिका बलात्कार आरोपमा दुई जना पक्राउ

By खबरहब

March 20, 2022

बैतडी- बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बैतडीकाे शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । घाँस काट्न गएका बेला बालिकामाथि बलात्कार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

आरोपित दुबै जना मेलौली पञ्चेश्वर सडकखण्डमा काम गर्दै आएको बुझिएको छ ।