फाइल फोटो

राजनीति

बैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौँ : अध्यक्ष ओली

By खबरहब

March 20, 2022

इलाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।

स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए ।

जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ ।