संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ । फाइल तस्बिर

राजनीति

ओलीको बाकस खाली गर्न खनाललाई नेम्वाङको चुनौती

By खबरहब

March 20, 2022

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावमा अध्यक्ष केपीशर्मा ओलीको बाकस खाली गर्न नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई चुनौती दिएका छन् ।

आइतबार इलाममा उपाध्यक्ष नेम्वाङले नेता खनालको अभिव्यक्तिको प्रतिउत्तरमा यस्तो भनेका हुन् ।

शनिबार भएको एक कार्यक्रममा नेता खनालले चुनावमा ओलीको बाकस शून्यमा मत हुनुपर्ने टिप्पणी गरेका थिए ।

यही टिप्पणीलाई लक्षित गरी नेम्वाङले खनालकै निर्वाचन क्षेत्रमा पुगेर मतपेटिका खाली गर्न चुनौती दिएका हुन् ।

उनले खनालको क्षेत्रमा एमालेमा जनसागर उर्लिएको दाबी पनि गरे ।

नेम्वाङले खनालप्रति कटाक्ष गर्दै भने, ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई–मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क परिरहनुभएको होला हाम्रा मित्रहरू’, पार्टी अध्यक्ष ओलीलाई छेउमा राखेर नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ । कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन ।’