समाचार

तदर्थ समिति गठन माग गर्दै सानेपामा नेविसंघको प्रदर्शन

By खबरहब

March 20, 2022

काठमाडौँ- कांग्रेसको भातृसंगठन नेविसंघले तदर्थ समिति गठन गर्न माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुने गरी विधान बमोजिम तदर्थ समिति गठन गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेविसंघको विधान पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने आशन्न तीनवटै तहको निर्वाचनमा युवा, विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्नुपर्ने, अध्यावधिक स्ववियु निर्वाचन र नेविसंघको महाधिवेशनको ग्यारेन्टी गर्नुपर्ने माग पनि राखेका छन् ।

नेविसंघका नेता अनिल खनालले नेविसंघलाई थप अन्यौलमा राख्न नहुने भन्दै पार्टीको ध्यानाकर्षण गराइएको जानकारी दिए।

प्रदर्शनपछि उनीहरुले आफ्ना मागका बारेमा पार्टी कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।