राजनीति

माओवादीबाट निलम्बित नेता तथा प्रदेश सांसद् विष्ट एमालेमा प्रवेश

By खबरहब

March 20, 2022

सुर्खेत– कर्णालीका प्रदेशसभा सदस्य तथा माओवादी नेता ठम्मर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क) निर्वाचित सांसद विष्ट नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

प्रदेशसभामा दलका प्रमुख सचेककसमेत रहेका विष्टले फागुन २७ गते प्रमुख सचेतक र पार्टीबाट राजीनामा दिएका थिए ।

पार्टी प्रवेश गरेका विष्टसहित नेता कार्यकर्तालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखरेलले आइतबार सुर्खेतमा भएको कार्यक्रममा स्वागत गरेका छन् ।

राजीनामा दिएका विष्टलाई माओवादीले आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको थियो । तर, राजीनामा फिर्ता नलिएपछि पार्टीले उनलाई निलम्बन गरेको थियो ।